खोजखबर

माटोले पुरेर धादिङमा महिलाको मृत्यु

सौर्य अनलाइन २०७७ फागुन १७ गते १५:१३ मा प्रकाशित

धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– १ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर आज अपराह्न एक महिलाको मत्यु भएको छ ।

सडक पिचको लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पुरिएर त्रिपुरासुन्दरी– १ की ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो ।

सडक निर्माणका क्रममा माटो फालिरहेका बेला बाटो पार गर्ने क्रममा कुमाल पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । शव परीक्षणको लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय