एनसेलको ‘सहयात्री सिम’ योजना

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यलाई ध्यानमा राखी विशेष योजना ‘सहयात्री सिम’ ल्याएको छ । स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ सेवा यो सिमको मुख्य विशेषताको रुपमा रहेको छ । एनसेलले ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत यो योजना ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्ने छ । सहयात्री सिमको उदेश्य वैदेशिक रोजगारीमा जाने सोच बनाएकालाई उनीहरुको रोजगारी यात्रामा सम्पूर्ण रुपमा सहयोग पु¥याउनु रहेको पनि एनसेलले जनाएको छ ।

सिममा समेटिएका सबै अफर तथा सुविधा विदेश जाने सोच बनाएका व्यक्तिको यात्रालाई सहज बनाउने र विदेशमा रहेका परिवारका सदस्यसँग सहजै सम्पर्कमा रहिरहन सहयोग गर्ने पनि कम्पनीले जनाएको छ । यो सिम ग्राहकले कर सहित ९९ रुपैयामा लिन सक्नेछन । सिमसँगै २० रुपैया मेन ब्यालेन्स, सात दिनको लागि मान्य हुने २ सय एमबी डेटा, २० मिनेट अन नेट टक लाइम र २० वटा अन नेट एसएमएस पाइने पनि एनसेलले जनाएको छ । यसको पहिलो रिचार्जमा बोनस, एक वर्षसम्म प्रत्येक रिचार्जमा १० प्रतिशत बोनस, नेपाल कल गर्न वा आफु रहेको देशभित्रै कल गर्न १५ मिनेट रोमिङ सेवा जस्ता विशेष सुविधा रहेका छन् । यसरी प्राप्त हुने १५ मिनेटको रोमिङ सेवा ग्राहकले भारत, कतार, युएई, मलेशिया, कुवेत, ओमान र दक्षिण कोरियामा प्रयोग गर्न सक्नेछन ।

यो सिम अर्थात योजना अन्तर्गत ग्राहकले निःशुल्क रुपमा ‘कल आयो पैसा पायो’ अफरमा सहभागी हुन सक्छन् । यसमा मेन ब्यालेन्स कम रहेको अवस्थामा पनि मिस्ड कल दिन सकिने सुविधा रहेको छ । साथै कुनै पनि भारतीय नम्बरमा लोकल कलको दर कर बाहेक १ दशमलव ९९ प्रति मिनेटमा कल गर्न सकिने सुविधा रहेको छ । यी विशेषता कारणले गर्दा विदेशमा रहेका आफन्त र परिवारका सदस्यहरुसँग सम्पर्कमा रहिरहनका लागि यो सिम उत्तम भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया