एनआईसी एशियाको कार्डबाट किनमेलनमा छट

काठमाडौ । एनआईसी एशिया बैंकले ई–कमर्श प्ल्याटफर्म सस्तो डिल मार्फत साताको अन्तिम दिन शनिबार किनमेल गरी भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम ५ सय रुपैया सम्म नगद फिर्ता प्राप्त गर्न सकिने योजना ल्याएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्डबाट ई–कमर्श भुक्तानी गर्दा ग्राहकले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्ने प्रावधान योजनामा रहेको छ । बैंक र सस्तोडिल बीचको समझदारी अनुसार १५ फागुन देखि प्रत्येक शनिबार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले आफुलाई चाहिएको सामग्री किनमेल गरी आकर्षक मौकाको फाइदा उठाउन सक्नेछन ।

यसका लागि ग्राहकले सामग्री खरिद गर्न कुल रकम भुक्तानी गर्नुपर्नेछ भने त्यसको सात कार्य दिनपछि बैंकले निजले प्राप्त गरेका नगद फिर्ता रकम सम्बन्धित बैंक खातामा जम्मा गरिदिने व्यवस्था समेत गरेको छ । योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्श भुक्तानी सुविधा लिएका ग्राहक सहभागी हुन सक्नेछन । यसका लागि ग्राहकले बैंकको आइसर्भ डिजिटल सेवामा रहेको कार्ड सम्बन्धी सेवाहरूबाट आफ्नो डेबिट तथा क्रेडिट कार्डमा ई–कमर्श सुचारु गरी अनलाईन भुक्तानी गर्न सक्नेछन ।

अनलाइन किनमेल गर्नेको संख्यामा उल्लेख्य बृद्धि भएसँगै अनलाइन भुक्तानी गर्नेले तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकलाई आकर्षित गरी मुलुकलाई नगद रहित कारोबार बनाउन सहयोग पु¥याउन योजनाले सहयोग गर्ने बैंकले विश्वास लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंकको म्लुकभर रहेका ३ सय ५२ शाखा कार्यालय, ४ सय ७१ एटिएम, ७५ विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिग मार्फत् बैंकिग सेवा प्रदान गरीरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया