कुटपिटको आरोपमा नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । कुटपिटको आरोपमा नेपाली चलचित्रका नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी परेको छ । चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष एवं निर्देशक समाजका सचिव अरुणकुमार प्रधानले नायक शाहविरुद्ध आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् ।

निर्देशक प्रधानले उजुरी दिएपछि नायक शाहलाई शुक्रबार छलफलको लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । म्युजिक भिडियोको सुटिङको क्रममा धरान पुगेका शाहको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको प्रधानले बताएका छन् ।

धरानमा गर्न लागिएको कार्यक्रममा आइदिन आग्रह गर्दा नायक शाहले सहयोगी कृष्णप्रसाद जोशीलाई लगाएर प्रधानमाथि कुटपिट गराएको दाबी पीडित पक्षले गरेको छ ।

प्रतिक्रिया