तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

छापावाला सुन बिहीबार तोलामा ८९ हजार ३०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा ८८ हजार ३५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन बिहीबार तोलामा ८८ हजार ८५० रुपैयाँका कारोवार भएको थियो । यसै गरी चाँदी तोलामा २० रुपैयाँले घटेको छ । एक हजार ३५५ रुपैयाँमा बिहीबार कारोवार भएको चाँदी आज भने एक हजार ३३५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया