कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । जोशीको पारिवारिक स्रोतका अनुसार गएराति अबेर जोशी घरमै बेहोस भएका थिए । जोशीलाई काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

उनलाई आईसीयूमा राखेर उपचार गरिरहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार सानो मस्तिष्क घात भएकाले शल्यक्रिया ९अप्रेसन० गर्नुपर्नेछ । उनलाई अहिले अप्रेसन थिएटरमा लगिएको छ ।

प्रतिक्रिया