टेबल टेनिसको राष्ट्रिय जुनियर क्याम्प सुरु

बुटवल । टेबेल टेनिसको राष्ट्रिय जुनियर क्याम्प बिहीबार बुटवलमा सुरु भएको छ । एसियाली टेबल टेनिस युनियन (एटिटियू) को ‘एइम फर द स्टार्स’ कार्यक्रम अन्तर्गत प्रशिक्षण सुरु भएको हो । एक साता सम्म चल्ने प्रशिक्षण कार्यक्रममा २९ जुनियर खेलाडीको सहभागिता रहेको बताइएको छ । एटिटियूका प्रशिक्षक अन्सुल गर्गले प्रशिक्षण सञ्चालन गर्नेछन् ।

नेपाली ३ प्रशिक्षक सन्ध्या शाक्य, राजेन्द्र श्रेष्ठ र महेश खनालले प्रशिक्षणमा गर्गलाई सहयोग गर्ने अखिल नेपाल टेबल टेनिस संघले जनाएको छ । बुटवल उप–महानगरपालिकाका मेयर विशराज सुवेदीले प्रशिक्षणको उद्घाटन गरे । नेपालले ‘एइम फर द स्टार्स’ कार्यक्रम तेस्रो पटक सञ्चालनको अवसर पाएको हो । संघका केन्द्रिय अध्यक्ष अध्यक्ष बैद्यले यस्त प्रशिक्षण कार्यक्रमकाले युवा तथा प्रतिभावान टेबल टेनिस खेलाडीले कम समयमा धेरै सिक्ने अवसर पाउने बताए । उनले भने, ‘यसपटक बुटवलमा प्रशिक्षण सञ्चालन हुँदा मोफसलका युवा खेलाडीले पनि मौका पाएका छन् । यो सुखद पक्ष हो ।

प्रतिक्रिया