प्रभावकारी बन्दै कृषि तथा पशुुपंक्षी बिमा

विराटनगर । नेपाल सरकारले सञ्चालनमा ल्याएको कृषि तथा पशुुपंक्षी बिमालाई सहज र प्रभावकारी बनाउन कृषकहरूमा जनचेतना आवश्यक रहेको कार्यक्रमका वक्ताहरूले बताएका छन् । प्रधानमन्त्री कृषि आधुुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मोरङले कृषि तथा पशुुपंक्षी बिमा कम्पनीहरूसँग विराटनगरमा बिहीबार आयोजना गरेको अन्तक्रिया कार्यक्रममा उनीहरूले बिमा कार्यक्रम प्रभाकारी भए पनि यसको प्रचारप्रसार हुुन नसक्दा उल्लेखनीय रूपमा किसानहरू बिमाप्रति जानकार नभएको बताए ।

परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुुख विनोदकुुमार मण्डलले ०६९ साल माघ १ बाट सुुरु भएको बिमा कार्यक्रम आर्थिक वर्ष ०७०/७१ मा २ करोड २६ लाख प्रिमियम जम्मा भएकोमा गतवर्ष ०७६/७७ सम्म नेपालमा १ सय १८ करोड बिमा प्रिमियम रकम जम्मा भएकाले कार्यक्रम प्रभावकारी भएको भन्दै यसबारे अझ प्रचारप्रसार आवश्यक रहेको बताए । बिमा कार्यक्रमकालाई प्रभावकारी बनाउन परियोजनाले धान तथा माछा जोन कार्यक्रम सञ्चालनमा हुँदै आएका गाउँ तथा नगरपालिकाका वडास्तरमा किसानलाई सहजहुनेगरी बिमा अभिकर्ता तयारपारी परिचालनगर्न लागिएको उनले बताए । किसानलाई फाइदाभन्दा पनि आर्थिक क्षति न्यूनीकरणका लागि बिमा कार्यक्रम सञ्चालनमा आएको हो भन्ने कुुरा किसानलाई बुुझाउन सक्नुुपर्ने उनको भनाइ थियो ।

परियोजना कार्यान्वयन इकाई झापाका प्रमुुख रविन्द्र सुुवेदीले उन्नतजातका पशुुपंक्षीहरूमा बिमा बढाउनुुपर्नेमा जोड दिँदै एउटा बिमागर्दा किसानले ७२ प्रतिशत रकम क्षतिपूर्ति पाउने दाबी गरे । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकमा योजना महाशाखा प्रमुुख पशुुपति पोखरेलले बाली तथा पशपंक्षी बिमा गर्नुुपर्छ भन्ने चेतना किसानमा बढाउनुु आवश्यक रहेको बताए । कार्यक्रममा इनर्जी इन्स्युुरेन्स कम्पनीका विराटनगरका प्रदेश प्रमुुख खड्गबहादुुर श्रेष्ठले बिमा अनुुदान लक्षित कृषकसम्म पुुग्नपर्ने बताए । परियोजना कार्यान्वयन इकाई मोरङका सूचना अधिकृत रोशन मेहताले बिमा गराएका किसानहरूको यकिन संख्या तथा बिमित भएको रकमको जानकारी गराउन बिमा अभिकर्ताहरूलाई आग्रह गरे ।

बिमा कम्पनीका गणेश श्रेष्ठ तथा मदन खतिवडा लगायतले बिमा दाबी प्रक्रिया भंmझटिलो रहेको, बिमा रकम कम भएको, पर्याप्त प्रमाणका आधार नहुुँदा केही किसानको बिमा दाबीसमेत झुुठो हुुने गरेको तथा बिमा भुुक्तानीका लागि स्थानियतहबाट चाहिने कागजात समयमा उपलव्ध हुुन नसकेकाले त्यसतर्फ ध्यान जानुु आवश्यक रहेकोमा जोड दिए । कार्यक्रमा प्रदेश–१ का परियोजना कार्यान्वयन इकाई प्रमुुख तथा बिमा अभिकर्ताहहरूको सहभागिता थियो ।

प्रतिक्रिया