सज्जाको आवाजमा ‘आफ्नो कथा’ सार्वजनिक

काठमाडौं । गीतकार गायत्री पाण्डे सेडाईको शब्द रचना तथा नेपाल आइडल सिजन ३ की बिजेता सज्जा चौलागाईंको आवाजमा (आफ्नो कथा) नामक पप गीतको भिडियो सार्वजनिक भएको छ ।

आर के लामाले संगीत भरेको उक्त गीतको भिडियो ताजा इन्टरटेनमेन्टको युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो । विभिन्न बिधाका गीत लेखिसकेका सर्जक शरद पाण्डेको कथामा आधारित गीतको भिडियोमा निर्देशन राजकुमार मगरको रहेको छ भने प्रकाश खड्काले छायांकन गरेका छन् ।

त्यस्तै, उक्त भिडियोमा मोडल एलिना रायमाझी र राजेश बिसीले अभिनय गरेका छन् । हरेक मानीसमा हुने मनोभवना र यथार्थ कथालाई चित्रण गरेर गीत बजारमा ल्याएको सर्जक पाण्डेले बताए ।

प्रतिक्रिया