‘केको दीपावली, केको रूवाबासी ?’

काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापित गरिदिएपछि पूर्व मन्त्री गोकुल बास्कोटाले रूवाबासी र दीपावली दुवैको अर्थ नभएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्ना भनाइ राख्दै राजनीतिले संसदमा असर गरे पनि संविधानमा नगरेको बताएका छन्।

‘राजनीतिले संसदमा असर गरेको हो, संविधानले होइन। त्यो गोलचक्कर त उसैगरि चलिरहन्छ नि’, उनले भने, ‘राजनीति आ-आफ्नै तालसुरमा चलिरहन्छ। के को दीपावली के को रूवाबासी? बाँकी हेर्दै जाने हो।’

प्रतिक्रिया