अन्तर डोजाङ तेक्वान्दो सम्पन्न

काठमाडौं । काठमाडौंको कोटेश्वरमा एक दिने १० औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवम् सुमेरु ग्रुपमा अध्यक्ष भरत महर्जनले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रतियोगिताका संयोजक कोटेश्वर डोजाङका प्रमुख तथा नेपालको तेक्वान्दो खेलका मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठले सबै तहका खेलाडीहरुलाई अवसर दिन र उनीहरुको आत्मबल बढाउन प्रतियोगिताको आयोजना गरिएको बताए । उक्त अवसरमा आयोजकको तर्फबाट संयोजक नवीनले प्रमुख अतिथी भरत महर्जनलाई मायाको चिनो प्रदान गरेका थिए । सोहि अवसरमा तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक नोर्बु लामा र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष तथा अन्तराष्ट्रिय निर्णायक अशोक खड्कालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि महर्जनले प्रतियोगिताले खेलाडीहरुको मनोबल बढेको र यसले तेक्वान्दो खेलको विकासमा अझै सहयोग पुगेको बताए ।
काठमाडौंका ८ वटा डोजाङको सहभागिता रहेको प्रतियोगितामा करिब २ सय खेलाडीहरुले भाग लिएका थिए ।

प्रतिक्रिया