‘सत्यम्’ को थिमेटिकल स्केच पोस्टर

काठमाडौं । शंकर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सत्यम’ को ‘थिमेट्रिकल स्केच पोस्टर’ सार्वजनिक गरिएको छ । अभिनेता राजेश हमालको अभिनय रहने उक्त चलचित्रको पोस्टरमा हमालले महानायक लेख्दै गरेको स्केच राखिएको छ । चलचित्रमा हमालसँगै अभिनेता अनुपविक्रम शाहीको प्रमुख भूमिका रहने निर्माण पक्षले जनाएको छ । निर्देशक कार्कीले चलचित्रमा शाहीको खलनायक भूमिको रहने बताए । रेशम सापकोटाले निर्माण गर्न लागेको यस चलचित्रमा अभिनेता पल शाह र अभिनेत्री उपासना सिंह ठकुरीको पनि अभिनय रहने जनाइएको छ ।

रेशम सापकोटाले नै लेखेको ‘सत्यम्’ मा काम गर्ने अन्य कलाकार अडिसनबाट छान्ने तयारीमा जुटिरहेको निर्माण पक्षले बताएको छ । कलाकारको छनोटको अडिसन काठमाडौंमा १९ माघ, पोखरामा २३ माघ, बुटवलमा २५ माघ र झापामा २७ माघमा अडिसन हुनेछ । चलचित्रको एसोसिएट निर्माता श्याम मल्ल र गणेश पौडेल हुन् । सह–निर्मातामा रेशम गौतम र कृष्ण अधिकारी रहेका छन् । कुटुम्ब ब्याण्ड, योगेश काजी र गणेश पौडेलको संगीत रहने चलचित्रको छायांकन विदुर पाण्डेको र अष्टमान महर्जनको द्वन्द्व रहनेछ ।

प्रतिक्रिया