रत्न आभूषण संघको हिरा प्रयोगसाला

काठमाडौं । नेपाल रत्न तथा आभुषण संघले डायमन्ड (हीरा) परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्ने भएको छ । नेपालमा जेम्स (रत्न) ल्याब नभएका कारण हीरा परीक्षणका लागि विदेश पठाउनुपर्ने स्थितिलाई अन्त्य गर्ने उद्देश्यले संघले नेपालमै जेम्स ल्याब स्थापना गर्न लागेको हो । बुधबार पत्रकार सम्मेलन आयोजना गरी संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले आउँदो तीन महिनाभित्रमा जेम्स ल्याब स्थापना गरी सञ्चालनमा ल्याउने बताएकी हुन ।

अहिले नेपालमा हीरा परीक्षण गर्ने ल्याब नहुँदा त्यसको गुणस्तर पहिचानमा समस्या हुँदै आएको छ । त्यसैले संघले आफ्नै लगानीमा परीक्षण मेसिन खरिद गरी ल्याब स्थापना गर्न लागेको अध्यक्ष श्रेष्ठले बताइन् । प्रयोगशाला स्थापना भएपछि नेपालमा रहेको माइनिङको सम्भावनालाई उपयोग गर्दै यसको प्रशोधन र निकासीका माध्यमले देशको अर्थतन्त्र तथा व्यापारघाटा कम गर्न योगदान पु¥याउने विश्वास संघले लिएको छ । यसबाहेक डायमन्डका गरगहना निर्माणका लागि तालिम सेन्टर पनि सञ्चालन गर्ने भएको छ ।

संघले जेम्स एन्ड ज्वेलरी क्षेत्रलाई निर्यातमूलक उद्योगका रुपमा विकास गर्न र सोहीअनुसार मान्यता तथा सुविधाका लागि नीतिगत व्यवस्था निर्माण गर्न सरकार र व्यवसायीबीच सहजीकरण गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया