करैयामाईका सबै सामुदायिक बिद्यालय अनिश्तिका कालको लागि बन्द

बारा । जिल्लाको करैयामाई गाँउपालिका भित्र रहेका सबै सामुदायिक बिद्यालयहरूको पठन पाठन अनिश्तिका कालको बन्द हुने भएको छ । गाउँपालिकामा कार्यरत शिक्षा शाखा संयोजक लक्ष्मण एवम् श्री जनता माध्यमिक बिद्यालय उमजनका प्रधानाध्यापकलाई दुरव्यवहार गर्नेलाई कारवाही नभएको भन्दै पठन पाठन अनिश्तिका कालको बन्द गर्ने शिक्षकहरुले चेतावनी दिएका हुन ।

शिक्षा शाखा संयोजक र जनता माध्यमिक बिद्यालय उमजनका प्रधानाध्यापकलाई नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय करैयाका प्रधानाध्यापक उपेन्द्र प्रसाद साह र करैयामाई गाउँपालिकाका वडा नं २ का वडाध्यक्ष सुरेन्द्र प्रसाद चौधरीले माघ १३ गते हातपात गरको बताइएको छ ।

गाउँपालिका भरिका शिक्षक कर्मचारीहरूको भेलाले अनुसार पालिका स्तरीय शिक्षक संर्घष समिति गठन गरी दोसीमाथि कारवाहीको माग गर्दै गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीलाई ज्ञापन पत्र दिने निर्णय गरेको छ । त्यस्तै, दोसीलाई कारवाही नभएसम्म यस गाउँपालिका भित्र रहेका सबै सामुदायिक बिद्यालयहरूको पठन पाठन अनिश्तिका कालको लागि बन्द गर्ने समेत शिक्षक संर्घष समिति करैयामाई गाउँपालिकाद्धारा जारी प्रेस विज्ञप्ति मार्फत उल्लेख छ। शिक्षक संर्घष समितिका अध्यक्ष रामबली महतोको अध्यक्षतामा बैठकले घोर भत्र्सना गर्दै दोसीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग गरेको छ ।

प्रतिक्रिया