खोजखबर

बझाङमा खुँडा प्रहार गरी युवकको हत्या गर्ने थप दुईजना पक्राउ

सौर्य अनलाइन २०७७ माघ १४ गते १५:५२ मा प्रकाशित

बझाङ । खुँडा प्रहार गरी हत्या गरिएका युवकका हत्या आरोपित थप दुई जना जना पक्राउ परेका छन् । छब्बिसपाथिभेरा गाउँपालिका–३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा मङ्गलबार साँझ भएको विवादपछि खुँडा प्रहार गर्दा वर्ष २७ का अमृत सिंहको मृत्यु भएको थियो ।

खुँडा प्रहार गर्नेमध्येका एक जना सोही गाउँपालिका–२ का वर्ष ३२ का ज्ञानबहादुर कडायतलाई मङ्गलबार नै घटनास्थलबाटै पक्राउ गरिएको थियो । सोही ठाउँका फरार रहेका अन्दाजी वर्ष ३० का प्रकाश ऐडी र केदार ऐडीलाई बुधबार थलारा गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय