युवा संघ र अनेरास्ववियूले गर्यो बजार सरसफाई

कालिकोट । कालिकोट जिल्लाको सदमुकाम मान्म बजारमा सरसफाई गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षधरका भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्रत विद्यार्थी युनियनको संयुक्त आयोजनामा कालिकोट जिल्ला को मान्म बजारमा सरसफाइ गरिएको हो । सधैं विरोध प्रदर्शन मा लाग्ने युवा संघ र अनेरास्ववियूले सामाजिक कार्यक्रममा पनि अग्रता दिएको पाईन्छ ।

विगतदेखि नै सामाजिक कार्य गर्दैका युवा नेता तथा बिद्यार्थीहरुले कोरोना महामारीको समयमा पनि स्वास्थ सामाग्री र जनचेतनामूलक कार्यक्रम गर्दैका थिए । सदमुकाम मान्म बजारमा पार्टीका कार्यक्रम गर्दा बाक्लो उपस्थिति संगै फोहोर पनि तेतिकै देखिएको थियो । यसबिचमा युवा संघ र अनेरास्ववियु कालिकोटका बिद्यार्थी युवा नेताहरुले सरसफाइका कार्यक्रम थालेको दिनेश बिक्रम शाहीले जाजकारी दिए ।

कालिकोट जिल्लाको सदरमुकाम मान्म बजारको जिरोपोइन्ट बाट सुरु गरिएको सरसफाइ र्याली कवट हलमा गएर सम्पन्न भएको हो । युवा संघका नेता गणेश बहादुर शाही, हस्त बहादुर शाही, दिनेश बिष्ट, दिनेश बिक्रम शाही र अनेरास्ववियूका विद्यार्थी नेता नयाँ राम चौलागाईं, प्रसान्त शाही, कमल शाही लगाएका युवा संघ र अनेरास्ववियूका नेताको सहभागीतामा बजार सरसफाइ गरिएको थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया