शिक्षकलाई कारवाहीको माग गर्दै ध्यानाकर्षण पत्र

कालीकोट । विद्यालय बन्द गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा रमाउन आउने शिक्षकलाई अनेरास्ववियु कालिकोटले चेतावनी पुर्वक कारवाही गर्ने उद्घोषण गरेको छ ।

विद्यालय बन्द गरी कार्यक्रम हेर्न आउने शिक्षकहरुलाई कारवाहीको माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्ध विद्यार्थी युनियन (अनेरास्ववीयुले) जिल्ला प्रशासन कार्यालय कालिकोटलाई ध्यानाकर्ष पत्र बुझाएको हो ।

अनेरास्ववीयुका संयोजक मनसिंह शाहीको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्रमा पूर्वमाओबादी कोटाबाट राष्ट्रियसभा सदस्य हुँदै गृहमन्त्री बनेका रामबहादुर थापा कालिकोट आउने भएपछि जिन्दाबाद र मुर्दावादका नारा लगाउन विद्यालय बन्द गरेर सदरमुकामको प्रतिगमनकारीको कार्यक्रममा उपस्थित भएको भन्दै अनेरास्ववियु कालिकोटले कारवाही गर्ने चुनौति दिँदै ध्यानाकर्षण पत्र प्रशासन कार्यालय कालिकोटलाई बुझाएको छ ।

गृहमन्त्री थापा कालिकोट आउने भएपछि कालो झण्डा देखाएका नेकपाको प्रचण्ड–माधव पक्षधर विद्यार्थी संगठन र युवा संगठनका कार्यकर्ताले दिनभर सदरमुकामका चोक–चोकमा टायर बालेर चक्काजाम गरे भने कालो झण्डा देखाउने, कालो बेलुन आकाशमा उडाएर विरोध गरेका हुन् ।

शिक्षकले विद्यालय बन्द गरेर केपी ओलिको कार्यक्रममा आएको विद्यार्थिले बालबालिकाको अध्यापन कार्य रोकेर राजनीति गर्ने कार्यक्रममा सहभागी भएको भन्दै त्यसको मुल्य महंगो हुने चेतावनी अनेरास्ववियुले दिएको छ ।

पार्टीमा विवाद भएपछि लाईनको कार्यक्रममा मात्र नभएर प्रतिगमनकारी ओली गुटको कार्यक्रममा उपस्थित हुने शिक्षकलाई कारवहीही हुनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय कालिकोटलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया