मदनपुर–पिपरिया कालोपत्रे सडकको शिलान्यास

सर्लाही । सर्लाहीको कबिलासी नगरपालिकाले विकासका कामलाई तिव्रता दिएको छ । मदनपुरको बाल्मिकि आश्रमदेखी गर्गटनाथ–गढिमाई–सर्लहिया हुँदै पिपरिया बजारसम्मको कालोपत्र सडक निर्माण कार्यको कबिलासी नगरपालिकाका मेयर कौशल किशोर यादवले शिलान्यास गरेका हुन् । साढे ५ किलोमिटर लामो कालोपत्र सडक निर्माण कार्यको सोमबार शिलान्यास गर्दै मेयर यादवले भने, ‘जनताको आधारभूत आवश्यकता अन्तर्गत सडक देश बिकासको मेरुदण्ड हो, जनताका चाहना र आवश्यकतालाई पूरा गर्न कबिलासी नगरपालिका गम्भीर रहेको छ ।

मदनपुर–पिपरिया कालोपत्र सडकको निर्माणले स्थानीय जनताहरुको जीवनस्तर उकास्न मदत पुग्ने विश्वास मेयर यादवले व्यक्त गरे । कालोपत्र सडक निर्माण भएपछि यहाँका किसानहरुले उत्पादन गरेको कृषि उपजको बजारसम्म सहज पहुँच हुनुका साथै उत्पादनमा समेत वृद्धि हुने मेयर यदवले जनाए । राष्ट्रिय योजना आयोग र कबिलासी नगरपालिकाको ५०र५० प्रतिशतको लगानीमा डेढ वर्षको अवधिभित्र सडक निर्माणको काम सक्ने गरी हिम्डङ्ग एण्ड थोकर आश्रय निर्माण सेवा जेभिले ६ करोड २० लाख ७२ हजार ६ सय ३४ रुपैयाँ उनान्नब्बे पैसामा ठेक्का लिएको हो ।

प्रतिक्रिया