‘यो दाजुको मिर्मिरे आँखा’ का गीतकार तथा सर्जक धनबहादुरको निधन

काठमाडाैं । लोकप्रिय गीत ‘यो दाजुको मिर्मिरे आँखा’का गीतकार तथा संगीतकार धनबहादुर गायकको निधन भएको छ । उपचारार्थ मनिपाल अस्पतालमा उनको निधन भएको हो ।

पोखरा महानगरपालिकाका जागिरे समेत रहेका गायक गायक धनबहादुरको ५८ वर्षको उमेरमा निधन भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले जानकारी दिए ।

उनका गीत यो दाजुको मिर्मिरे आँखा, बेली र चमेली जस्ता बहुचर्चित गीत अहिले पनि उत्तिकै हिट छन् । उनको अन्तिम श्रद्धाञ्जली उनकै निवास बाटुलेचौरमा गरिने छ भने आजै उनको दाहसंस्कार गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया