टिकटक समूहको सहयोग दीनदुःखीलाई

काभ्रे । फुर्सदीलो समयमा समय बिताउन तपाईं के गर्नुहुन्छ ? भनि प्रश्न गरियो भने धेरैको जवाफहरु आउँछन्, फेसबु्क चलाउने, टिकटक चलाउने, युट्युबब हेर्ने यस्तै अरु केही आउँछन् । अझै कारोना भएको समयमा सरकारले नै जारी गरेको लकडाउनमा कसरी दिन कटाउनुभयो ? भन्दा त माथिको जवाफ पर्याप्त हुन्छ ।

अझै हाल आएर टिकटक भन्ने बित्तिकै तपाईं सम्झनुहोला यो समय बिताउने एउटा एप्स मात्र हो । तर, साँच्चै सामाजिक सञ्जाल प्रयोग गर्ने जो कोहीले पनि आ–आफ्नो धारण र सोचमा फरक पर्ने कुरा हो । सामाजिक सञ्जालले वर्तमान परिस्थितिमा राम्रोदेखि नराम्रो कुरा मान्छेको सोचलाई टेवा पु्र्याईरहेको छ ।

तर, सामाजिक सञ्जाललाई सकरात्मक सोचतिर लग्यो भने यस्ता सञ्जालमार्फत बिकृति मात्रै होइन दीनदुःखीको सहयोगदेखि सेवासम्म सामाजिक सञ्जालबाटै सम्भव हुने रहेछ भन्ने कुरा प्रमाणीत गरिदियो टिकटककै एक समूहले । यसको प्रयोग केवल समय बिताउनका लागि मात्रै गरिन्छ ।

यदी यस्तो सोच्नु भएको छ भने त्यो तपाईंको भ्रम र एउटा अपवाद बन्न सक्छ । यस टिकटकले सामाजिक कार्य पनि गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ ‘राम्रो परिवार हाम्रो परिवार’ नामक संस्था ।

त्यस्तै फुर्सदमा गरिने मनोरञ्जनात्मक कामले व्यक्तिको लागि मात्रै होइन समाजलाई पनि केही योगदान गर्नुपर्छ भन्ने सोचका साथ टिकटक चलाउँदै आएकाहरु मध्येबाट एक परोपकारी समूहको ध्यान जब सामाजिक कार्यतर्फ जान्छ तब जन्मीन्छ राम्रो परिवार हाम्रो परिवार नामक एक संस्था ।

माहामारी कोभिडको समयले लकडाउनमा बिरामी परिएकाहरुलाई रगत अभाव हुँदा, आपत पर्दा र विकल्पले शून्यता भरिदिएको पीडितहरुको सोचलाई विकल्पको मल्हम बन्दै त्यही ब्लड डोनेसन कार्यबाट सुरु भएको टिकटक आज राम्रो परिवार हाम्रो परिवार बन्न सफल भएको छ ।

संस्थाले सुरुमा काठमाडांैमा र आसपासका जिल्लाहरुमा सहयोग गर्दै आयो । लकडाउनको समयमा गंगबुमा रहेको विद्याश्रममा खाद्यान्न, नगद, लत्ता कपडाको सहयोगबाट प्रत्यक्ष देखिने गरि संस्था जब सामाजिक काममा जुट्यो । हाल संस्था स्थापना कालको १० महिना बित्दा समेत सहयोगि टिकटकका सदस्यहरुले सकेको सहयोग गदै आएक छन् ।

देशदेखि विदेशमा बस्दै आएका टिकटक प्रयोगकर्ताहरु समेत सदस्य रहेका राम्रो परिवार हाम्रो परिवारमा आबद्ध भएकाबाट सहयोग रकम उपलब्ध गराई दीन दुःखीहदलाई सहयोग गर्दै आएको संस्थाकी अध्यक्ष निर्मला अधिकारीले बताईन् ।

उनले आगामी दिनमा पनि बिकृती हटाउन र सामाजिक काम गरि समाज सुधारको विकल्पको रुपमा संस्था लागि परिरहने र यस कार्यमा सबै जना टिकटक प्रयोगकर्ता तथा अन्य सबैखाले व्यक्तिहरु सहभागी हुन सक्ने बताइन् । उनले हामी एकजूट भई सामाजिक सञ्जालमार्फत यस टिकटकलाई टाइम पासको लागि मात्रै नभई यस टिकटकबाट सामाजिक कार्य गर्न समेत सकिन्छ भन्ने सन्देश दिन आफूहरु लागि परिरहेको अधिकारीले बताईन् ।

संस्थाकी कोषध्यक्ष सोनी बस्नेतले यस टिकटकलाई बिकृतिभन्दा पनि सामाजिक कार्यतिर लागि परिरहेको र टिकटक चलाएर मान्छे बिग्रन्छ भन्ने सोचलाई परिर्वतन गरि टिकटकले सामाजिक कार्य पनि गर्न सकिने उदारहणको रुपमा लिन समेत सकिने बताईन् । अहिलेसम्म आठौँ पटक यस राम्रो परिवार हाम्रो परिवारको तर्फबाट सहयोग गरिसकेको उनले बताईन् ।

‘हाम्रो यस संस्थालाई जति टिकटकका साथीहरुबाट सहयोग आउँछ, आएको सहयोगको कुनै हिनामिना नगरी जुन उदेश्यका लागि सहयोग रकम आउँछ, त्यो त्यही उदेश्यमा आधारीरत रहेर वितरण गरिने छ’, उनले भनिन् । ‘हामीले यस राम्रो परिवार हाम्रो परिवारको तर्फबाट सबैको साथ सहयोग बाट धेरैलाई सहयोग गरिरहेको छ,’ ‘संस्थाका सचिव दिपेन्द्र खड्ककाले भने ।

सहयोगको क्रममा चौथो पटक ब्लड क्यान्सर भएकी ३४ महिनाकी बालिकालाई पनि सबै टिकटक सदस्यहरुको सहयोग बाट १ लाख ५२ हजार रुपैयाँ सहयोग गरेको उनले बताए । सातौँ पटकको सहयोगको क्रममा खुट्टाको क्यान्सर भएर जीवनको दोसाँधमा उभिएका सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका वडा नम्बर ५ परायोडाँडाका राजेश परिवारलाई कृक्रिम खुट्टा राख्नको लागि २ लाख ३७ हजार रुपैयाँ नगद सहयोग शुक्रबार हस्तान्तरण गरेको संस्थाका सचिव खड्काले बताए ।

अब नवौँ पटकको सहयोगी सामाजिक काममा ईटहरीस्थित एक विद्याश्रममा यही माघ २४ गते सहयोगका लागि जाने तयारी भईरहेका सचिव खड्काले बताए । खड्काले सामाजिक कामको लागि सहयोग गर्न चाहानेलाई राम्रो परिवार हाम्रो परिवार नामक टिकटक आइडीमा आई साथ र सहयोग गर्नु अपिल गरेका छन् । राम्रो परिवार हाम्रो परिवारको केन्द्रिय कार्यलय काठमाडौं वडा नम्बर १० मनमैजुमा रहेको खड्ककाले जानकारी दिए ।

प्रतिक्रिया