भीरबाट लडेर वडासदस्यको मृत्यु

खोटाङ । खोटाङको साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको भीरबाट लडेर मृत्यु भएको छ । शनिबार रतन्छाबाट मबु जानेक्रममा स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लडेर वडासदस्य फुयाँलको मृत्यु भएको हो ।

करिब तीन सय मिटर तल खसेका फुयाँलको घट्नास्थलमै मृत्यु भएको रतन्छाका वडाध्यक्ष उन्नत राईले बताउनुभयो । फुयाँल २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन माओबादी केन्द्रकातर्फबाट वडा सदस्यमा विजयी भएका थिए ।

प्रतिक्रिया