खोजखबर

प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक बस्दै, ओलीमाथि थप कारबाही गर्ने तयारी

सौर्य अनलाइन २०७७ माघ ११ गते ८:४७ मा प्रकाशित

काठमाडाैं । नेकपाको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आइतबार बस्दैछ । पार्टी कार्यालय पेरिस डाँडामा दिउँसो साढे १२ बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने तयारी गरेको छ । ओलीलाई यसअघि सो समूहले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै ‘कारबाही किन नगर्ने’ भनि स्पष्टीकरण सोधेको थियो । तर, ओलीले जबाफ दिएनन् । उसो त यसअघि नै प्रचण्ड–नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाउँदै माधव नेपाललाई मनोनयन गरेको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय