दोहोरी गीत प्रतिष्ठानद्वारा गायिका पुर्णिमा लामा सम्मानित

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभाको अवसरमा गायिका पुर्णिमा लामालाई सम्मान गरिएको छ ।

गायिका लामालाई मानार्थ सदस्यताको प्रमाणसहित दोसाल्ला ओढाई सम्मानित गरिएको हो । प्रतिष्ठानबाट सम्मानित भएपश्चात गायिका लामाले आफूलाई गीत संगित क्षेत्रमा अग्रसर हुन थप उर्जा मिलेको र निरन्तर अघि बढिरहने बताइन् ।

प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजी र प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष रिता थापा मगर लगायत प्रतिष्ठानका भूतपुर्व अध्यक्षहरु साथै थुप्रै कलाकारहरुको उपस्थितीमा गायिका लामा लगायतका कलाकारलाई सम्मान गरिएको थियो ।

आफूले गाएका गीतहरु चर्चित भए पश्चात गायिका लामा हङकङ, कोरिया, मलेसिया, दुबै, कतार लगायत धेरै देशहरुमा प्रस्तुती दिन गइसकेकी छन् । झन्डै आधा दर्जनभन्दा बढी उत्कृष्ट गायिका पवधाबाट अवार्ड चुमिसकेकी गायिका लामा यसभन्दा अगाडि विभिन्न संघ संस्थाबाट सम्मानित पनि भइसकेकी छन् ।

कलिलो उमेरमै लोकप्रिय गायिका बन्न सफल भएकी गायिका लामाले करिव चार सयभन्दा बढी गीत गाईसकेको बताइन् । उनले गाएका गीतहरुमा ‘फुल भनौ जिन्दगी लाई’, ‘तिम्रो एउटा झुटले’, ‘मुुटु जली खरानी भो’, ‘एक्लो भए म’, ‘तिमी बिन पागल भाछु’, ‘तिम्रो मनमा जस्ता’ दर्जनौँ गीत बजारमा चर्चित छन् ।

प्रतिक्रिया