रंग‍-विविध

‘चल्यो मायाको बतास’ सार्वजनिक

सौर्य अनलाइन २०७७ माघ ९ गते १२:३३ मा प्रकाशित

काठमाडौं । गायिका रानी शाक्य र गायक प्रमोद खरेलको स्वरमा समावेश ‘चल्यो मायाको बतास’ सार्वजनिक भएको छ । यो गीतमा हरि उप्रेतीको शब्द र विकास चौधरीको संगीत छ । डान्सिङ शैलीमा तयार भएको यो गीतको भिडियोमा नायक दिलिप रायमाझी र नायिका अशिष्मा नकर्मीले अभिनय गरेका छन् ।

यो भिडियोमा राजन शाहीको कोरियोग्राफी, आभेष बज्रचार्यको छायांकन, माधव बेलवासेको सम्पादन र प्रहिल कार्कीको निर्देशन छ । गायिका रानी शाक्यको ५० भन्दा बढी गीतहरु सार्वजनिक भैसकेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय