अत्यधिक चिसोका कारण गाउँपालिकाका विद्यालय बन्द

काठमाडौं । अत्यधिक चिसो र शीतलहरका कारण पर्साको विन्दवासिनी गाउँपालिकाका सबै विद्यालयहरु बन्द गरिएको छ । मध्य तराईमा माघ लागेपछि अधिक चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यलाई ख्याल गरी विद्यालयहरु बन्द गरिएको गाउँपालिकाले जनाएके छ ।

गाउँपालिका र गाउँपालिकाको नेपाल शिक्षक महासंघबीच मंगलबार भएको छलफलपछि सामुदायिक, धार्मिक र परम्परागत सबै प्रकारका विद्यालयहरु बन्द गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका शिक्षा शाखाका शिक्षा अधिकृत कपिल लामिछानेका अनुसार आगामी शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । बालबालिको स्वास्थ्यलाई ख्याल गरी विद्यालय तीन दिनका लागि बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया