पीएम कपमा आज पनि दुई खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज बुधवार पनि दुई खेलहरु हुँदैछ । आज त्रिभुवन आर्मी क्लब र प्रदेश १ तथा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच खेल हुन लागेको हो ।

मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजे शुरु हुने पहिलो खेलमा आर्मीले प्रदेश १ सँग प्रतिस्पर्धा गर्नेछ । उपाधि दाबेदार मानिएको आर्मी लगातार तेस्रो जितको खोजीमा हुनेछ । यसअघि गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई हराईसकेको आर्मी ४ अंकसहित लिगको शीर्ष स्थानमा छ ।

यसैगरी आजै हुने दोस्रो खेलमा पुलिस र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् । खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो हुनेछ । दुबै टिम पहिलो जितको खोजीमा रहेका छन् ।

प्रतिक्रिया