इन्फ्रास्ट्रक्चर बैंकको सेयर रजिस्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले बैंकको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । बैंकले सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
सो सम्बन्धमा मंगलबार र बैंक र क्यापिटलबीच सम्झौता भएको हो ।सम्झौतापत्रमा बैंकको तर्फबाट नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका छन ।

नेपालको एक मात्र पुर्वाधार बैंकको रुपमा नेपाल राष्ट्र बैंकबाट ईजाजत पत्र प्राप्त उक्त बैंकले हालै मात्र सर्वसाधारणको लागि हालसम्मकै ठूलो ८ अर्ब रूपैयाँको साधारण सेयर निष्काशन गरेको छ । २ माघ देखि खुल्ला भई ६ माघमा बैंकिग कारोबार समय पश्चातबन्द भएको यस्को सार्वजनिक सेयर निष्कासनमा सर्वसाधारण लगानीकर्ताहरुको उत्साहप्रद सहभागिता रहेको देखिएको पनि बैकले जनाएको छ ।

प्रतिक्रिया