युवा नेता मल्लले विद्यार्थी राजनीतिलाई पुर्ण विराम लगाउने

कालिकोट । अनेरास्ववीयूका नेता हिक्मतजंग मल्लले विद्यार्थी राजनीति पूर्ण बिराम लगाउने बताएका छन् । सन २०१३ साल देखि अनेरास्ववीयूको विद्यार्थी राजनीतिमा आवद्ध भई विद्यार्थि संगठन र पार्टी बलियो बनाउन लागि परेका युवा नेता मल्लले प्रेस विज्ञप्ती जारी गर्दै सो कुरा बताएका हुन । प्रेस विज्ञप्तीमार्फत उनले न्याय र राष्ट्रियताको लागि आवाज बुलन्द गदै आएको बताउदै क्याम्पस कमिटि वा जिल्ला कमिटिमा नेतृत्व र महत्वपूर्ण भुमिका खेलेको उल्लेख गरेका छन ।

देशको विकास र पार्टीको उच्चशिर राख्नका लागि उल्लेखनिय भुमिका खेलेको पनि उनले बताएका छन् । साथै विज्ञप्तीमा उनले आफ्नो ब्यक्तिगत तथा ब्यवसायिक कारणले संगठनको काम,कारबाही संगै समय दिन नसक्ने हुनाले अनेरास्ववीयुको विद्यार्थी राजनीतीबाट पूर्णविराम लगाउनु पर्ने ठानेको उल्लेख गरेका छन । नेकपा पार्टीको सिद्धान्त विचारमा समर्पीत भई आगामी दिनमा पार्टी मजबुद बनाउन सहयोग गर्ने तथा सामाजिक न्याय, देश र राष्ट्रियताको विषयमा सधै आवाज बुलन्द गर्ने प्रतिबद्धता समेत उनले गरेका छन ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया