सिप्रदीको टाटा मोटर्स स्वावलम्वी अभियान

काठमाडौ । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विदेशबाट नेपाल फर्किएका युवालाई लक्षित गरी टाटा मोटर्स स्वावलम्बी अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत टाटा कमर्शियल गाडीको खरिदमा बिना धितो ६ प्रतिसत भन्दा कम ब्याजदरमा ७५ प्रतिसत सम्मको फाईनान्स सुबिधा प्राप्त गर्न सकिने छ । यस्को लागि व्यवसायिक परामर्शको समेत व्यवस्था मिलाईएको छ ।

युवा वर्गलाई स्वदेशमा नै व्यापार व्यवसाय गर्ने वातावरण मिलाउन सहयोग पु¥याएर आत्मनिर्भर बनाउने उदेश्यका साथ यस अभियान सार्वजनिक गरिएको हो । जस अन्तर्गत कंम्पनिले युवा जनशक्ति मार्फत व्यवसाय र रोजगारीको सृजना गरी आर्थिक सम्बृद्धी हासिल हुने विश्वास लिएको छ । यस अभियानमा सहभागी हुन चाहने ग्राहकले टाटा मोटर्सको सोरुममा गएर विभिन्न प्रकारका गाडीहरु अवलोकन गर्न र त्यसका अनुप्रयोगहरुको जानकारी लिन सक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया