सूर्योदय र डाफोडिल प्रिक्वार्टरफाइनलमा

काठमाडौं । आयोजक सूर्योदय ‘बी’ र डाफोडिल प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सूर्योदय समूह ‘एच’को उपविजेता तथा डाफोडिल सोही समूहको विजेताका हैसियतले प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका हुन् । घट्टेकुलोस्थित घरेलु कोर्टमा सूर्योदय ‘बी’ले विल्सन एकेडेमीलाई ८–६ ले पराजित ग¥यो । डाफोडिलले सूर्योदय ‘बी’लाई १२–७ तथा विल्सनलाई १६–१० ले हरायो ।

ब्वाइजमै मिलनको ‘ए’, ‘बी’ र ‘डी’, टिम चन्दन, एटम, भीएस कलेज ‘ए’, रोशन, मनासलु, क्याम्पियन, विनय पुरी, ग्रामर, टीआईए, टिम रावत र ओमेगा प्रिक्वार्टरफाइनलमा पुगेका छन् । गर्ल्समा भीएस कलेज ‘बी’ले सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । गर्ल्समै सूर्योदय, साइपाल, लिम्पिया, भीएस कलेज ‘ए’, बुद्धप्रकाश र हिमालयले क्वार्टरफाइनलमा स्थान बनाए ।

प्रतियोगिताको सूर्योदय फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसी र प्रबन्ध निर्देशक सुशील थापाले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे । प्रतियोगिताको ब्वाइजमा ३२ र गर्ल्समा १६ गरी जम्मा ४८ टिम सहभागी छन् । ब्वाइजमा पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । गर्ल्र्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ४ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । ब्वाइज÷ गर्ल्र्स दुवैमा ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई जनही २ हजार नगदबाट पुरस्कृत गरिनेछ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया