रिडीमा स्नान गर्नेको घुइँचो

गुल्मी । तीन जिल्लाको संगमस्थल रुरुस्थित रिडीमा माघे संक्रान्तिको अवसरमा लाग्ने मेला नलागे पनि नुहाउनेको भीड लागेको छ । गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरु गाउँपालिकाको रिडीमा माघे संक्रान्तिको अवसरमा कालीगण्डकी नदीमा नुहाउनेको भीड लागेको हो ।

कोरोना महामारीका कारण यो वर्ष रिडीमा नलागेकोरुरुक्षेत्र गाउँपालिका(१ का वडाअध्यक्ष रामलाल बिश्वकर्माले बताए । तर, रिडीस्थित कालीकगण्डकी क्षेत्रमा स्नान गर्ने श्रदालु भक्तजनको भने भीड लागेको उनको भनाइ छ ।

अघिल्ला वर्षको जस्तै श्रदालु भक्तजनहरु बिहानैदेखि आएको रुरुक्षेत्र ऋषीकेश मन्दिरका पण्डित चुरामणि तिमिल्सिनाले जानकारी दिए । माघे सक्रान्तिदेखि तीन दिनसम्म कालीगण्डकीमा स्नान गरेर ऋषीकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्तहुने विश्वास छ ।

प्रतिक्रिया