छिपहरमाईमा १५ शैया अस्पताल चाँडै बन्छ : अध्यक्ष गुप्ता

पर्सा । छिपहरमाई गाउँपालिकामा अध्यक्ष मनोजकुमार गुप्ताले गाउँपालिका भित्र १५ सैया बेडको अस्पताल बनाउन जनतासँग गरेको प्रतिबद्धता पुरा हुने भएको छ । छिपहरमाईमा १५ सैयाको अस्पताल बनाउन निर्माण कार्यको लागि नक्सा र डिजाईन डिपिआरको काम सम्पन्न भईसकेको र छिट्टै ठेक्का गरि निर्माणको काम अगाडि बढाउने अध्यक्ष गुप्ताले जनाएका छन।

गाउँपालिका क्षेत्रमा एउटा राम्रो अस्पताल नरहेकोले तुल्सीवर्वा र टिहुकी सेढामा बर्थिग सेन्टरको स्थापना गरिएको छ।
छिपहरमाई गाउँपालिकाको जनतासँग गरिएको प्रतिबद्धता पाँच वर्ष नबित्दै गरेर देखाउने अध्यक्ष गुप्ताले बताए । उनले भने, ‘मेरो पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षामा जोड रहेको छ।’

गाउँपालिकाका पाच वटै वडामा बर्थिंग सेन्टर स्थापना र १५ सैया को अस्पताल संचालनमा ल्याएमा गाउँपालिकाका जनताको स्वास्थ्य उपचारमा सहयोग पुग्ने उनले बताए। वर्षौं पहिला देखि छिपहरमाई गाउँपालिकामा एउटा पनि बर्थिंग सेन्टर र ठुलो अस्पताल नरहेको र बाटोघाटो समस्या समेत रहेको कारण यस क्षेत्रका महिलाहरुले प्रसुती गराउन भारतको बेतिया, मैनाटाड, सिकटा र नेपालको बिरगंज लगायतको ठाउँमा जानु परिरहेको थियो ।

बाटोघाटोको समस्याले गर्दा कतिपय महिलाहरुले समयमा उपचार नपाउदा बाटोमै अकालमै मृत्युु हुने गरेको थियो । सो समस्यालाई मध्यनजर गरि आफूले जितेको तिन वर्षमा पहिलो प्राथमिकता स्वास्थ्यमा रहि बर्थिंग सेन्टर स्थापना गराएको अध्यक्षले गुप्ता बताएका छन । उनले भने, ‘१५ सैयाको अस्पताल भवन निर्माणको लागि सबै कार्य पुरा भईसकेको छ अब टेन्डर गरि निर्माण कार्य अगाडि बढाइने छ ।’ १५ शैया अस्पतालको लागि ७ देखी १० कठ्ठा सम्म जग्गा को आवश्यकता रहेकोले सेढामा प्राप्त मात्रामा जग्गा रहेकोले सो ठाउमा १५ शैयाको अस्पताल स्थापना गरिने उनले बताए ।यो १५ सैयाको अस्पतालबाट छिपहरमाई गाउँपालिका लगायत अन्य गाउँ–ठाउँका हजारौं जनताले लाभ लिने बिश्वास रहेको छ।

प्रतिक्रिया