विप्लव समूहका उच्च तहका नेता धर्मेन्द्र बास्तोला पक्राउ

काठमाडौं । प्रतिबन्धित नेक्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनी हाल विप्लव समूहका तेस्रो वरीयताका नेता हुन् । उनलाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।

बास्तोलासँगै खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का सहयोगी विवेक कुमालसमेत पक्राउ परेका छन् । प्रहरीले आधिकारिक रुपमा यसबारे प्रतिक्रिया दिन मानेको छैन । बास्तोलालाई लामो समयदेखि प्रहरीले खोजी गर्दै आएको थियो ।

प्रतिक्रिया