सहारा एकेडेमीलाई जर्सी हस्तान्तरण

पोखरा । जापानको समाजिक संस्था एनपिओ गोजो हिरोकी इकेदा ग्रुपले पोखराको सहारा एकेडेमीका बालकहरुलाई जर्सी र टिसर्ट प्रदान गरेको छ । संस्थाले ४६ थान जर्सी सेट र २४ थान टिसर्ट सहयोग सोमबार हस्तान्तरण गरेको हो । ग्रुपका नेपाल संयोजक रोशन तुलाधरले सहारा क्लव पोखराका अध्यक्ष केशव बहादुर थापा, उपाध्यक्ष एवं सहारा एकेडेमीका संयोजक विश्वराज बराललाई एकेडेमीमै पुगेर सोमबार हस्तान्तरण गरेका हुन् ।

होकुतो कम्पनी लिमिटेड, इगुसी कम्पनी लिमिटेड र पेइवा कम्पनी लिमिटेडको प्रायोजनमा उक्त सहयोग प्राप्त भएको ग्रुपका नेपाल संयोजक तुलाधरले बताए । सहारा एकेडेमी नेपालकै नमुना क्लवको रुपमा रहेकोले आफुहरुले सानो सहयोग गरेको उनले जनाए ।

क्लबका अध्यक्ष थापाले जापानबाट कलवलाई सम्झेर सहयोग गरेकोमा धन्यवाद दिदै विभिन्न सहयोगी दाताको कारण एकेडेमी निरन्तर संचालन हुदै आएको बताए । सहारा एकेडेमीमा हाल करिब १३ जिल्लाका २३ जना बालकहरु रहेको क्लवले जनाएको छ ।

प्रतिक्रिया