शम्भुजित साँझ

रुपन्देही । जेसिआई सिद्धार्थ लेडीको आयोजनामा भैरहवामा ‘शम्भुजीत बाँस्कोटा नाइट’ कार्यक्रम भएको छ । कार्यक्रमका लागि बाँस्कोटाको नेतृत्वमा गायक गायिका तथा संगीतकारले टोलीले होटल पौवामा प्रस्तुति दिएको हो ।

प्रस्तुतिमा बाँस्कोटासहित विश्व नेपाली, सञ्जय सुब्बा, रमेश पाठक, प्रार्थना शाक्य, निशा देसार, मञ्जु थापा र सविना श्रेष्ठको गायन तथा बिनु शाक्यको नृत्य रहेको टिम लिडर नरेन्द्र खड्काले जानकारी दिए ।

नेपाली सांगीतिक क्षेत्रका चर्चित व्यक्तित्व बाँस्कोटा नाइटको आयोजना गरेको आयोजक संस्था जेसिआई सिद्धार्थ लेडीका अध्यक्ष तुलसा भुसालले बताइन् ।

प्रतिक्रिया