कुमारी बैंक र प्रभु हस्पिटल सम्झौता

काठमाडौ । कुमारी बैंक लिमिटेड र विरगंजस्थित प्रभु हस्पिटल एण्ड रेसर्च सेन्टरबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । बैकले प्रदेश–२ का प्रमुख सिद्घार्थ सिंह र प्रभु हस्पिटलका चिकित्सक अधिकृत अविषेक अर्यलले हस्ताक्षर गरेको बैकले जनाएको छ ।

सम्झौता–पत्र अनुसार प्रभु अस्पतालका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा २० प्रतिसत र औषधीमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ५ प्रतिसत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन । हालसम्म बैंकले आफ्ना देशव्यापी १ सय ९२ शाखा सञ्जाल, १ सय ५२ एटिएम, २३ शाखारहित बैंकिग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिग सुविधा दिँदै आएकोे पनि जनाएको छ ।

प्रतिक्रिया