बुद्ध एयरले सहायक कम्पनी स्थापना गर्ने

काठमाडौं । बुद्ध एयरले दुर्गम क्षेत्रको उडानका लागि छुट्टै सहायक कम्पनी स्थापना गर्ने भएको छ । कम्पनीले यशोधाराको कम्पनी स्थापना गरेर दुर्गममा उडान गर्न सहायक कम्पनी स्थापना गर्न लागेको हो । रामेछापको मन्थलीमा वेस राखेर उडान गर्ने कम्पनीले जनाएको छ । लुक्ला, सुकेटार र भोजपुर लगायतका पूर्वी क्षेत्रमा पर्ने विकटका गन्तब्यमा उड्नका लागि उचित देखिएपछि कम्पनीले मन्थलीमा बेस बनाउन २० रोपनी जग्गा खरीद गरिसकेको छ ।

पर्यटक आवासका लागि कम्पनीले खरिद गरेको २० रोपनी क्षेत्रफलमध्ये आठ रोपनी जग्गामा तीन सय जना क्षमताको क्याम्प निर्माण गरिने बुद्ध एयरका प्रबन्ध निर्देशक बिरेन्द्र बस्नेतले बताए । कम्पनीले मन्थली बेस रहेर विकट गन्तव्यमा उडान सुरु गरेको एक वर्षपछि पोखरा बेस बनाएर पश्चिम क्षेत्रका विकट गन्तब्यमा उडान गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया