एनसेलको ‘एनसेल जबसप’

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबसप’ शुरु गरेको छ । यो सेवाले रोजगारी खोज्ने र प्रदान गर्ने दुवै पक्षलाई एकै भर्चुअल प्लेटफर्ममा भेटाउने काम गर्दछ ।

एनसेलले संचालनमा रहेको अभियान ‘अनपज’ अन्तर्गत यो सेवा संचालनमा ल्याएको हो । यो अभियानले हालको विषम् परिस्थितीमा भविष्यको पुर्नविचार गर्दैै अघि बढ्न अभिप्रेरित गर्ने उदेश्य लिएको छ ।

एनसेलका चीफ कमर्शसियल अफिसर प्रदीप श्रीवास्तवका अनुसार कोभिड–१९ महामारीले गर्दा धेरैले रोजगारी गुमाउनु परेको, भर्चुअल रुपमा सम्पर्कमा रहन सकिने विकासले गर्दा अहिलेको अवस्थामा पनि अनलाइन नेटवर्कमार्फत एक अर्कासँग सम्पर्क स्थापित गर्न सकिने छ ।

महामारीको सबै क्षेत्रमा प्रभाव र धेरैले रोजगारीबाट बन्चित रहनु परेको बेलामा एनसेल जबसप रोजगारीका अवसरको खोजिमा रहेका र आफ्नो कामका लागि जनशक्ति खोजि रहेकालाई एक उत्तम सेवा हुने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया