बिआकेका ग्राहकलाई ५ लाखको वीमा दावी भुक्तानी

काठमाडौ । बैंक अफ काठमाण्डू (बिओके)ले सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ एघार लाख रुपैया सम्मको बीमा सुबिधा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा उपलब्ध गराउदै आईरहेको छ । बीमा सुबिधा अन्र्तगत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको लागि पाँच लाख, १८ प्राणघातक रोगको लागि पाँच लाख तथा औषधी उपचारको लागि एक लाखको बीमा सुबिधा रहेको छ ।

यसै सुबिधा अन्र्तगत रुद्र प्रसाद वस्तीलाई बैंकले ५ लाख रुपैया बीमा दाबी रकम भुक्तानी हस्तान्तरण गरेको छ । केही समययता प्राणघातक रोगको कारणले उनको स्वास्थ्य प्रतिकुल भएको अवस्थामा वस्तीले बैंकबाट उपलब्ध भएको बीमा दाबी रकम भुक्तानी प्राप्त गरी उक्त पैसा आफ्नो स्वास्थ्य उपचारमा प्रयोग गरी हाल सफल उपचार पश्चात् स्वास्थ्य लाभ गरी सामान्य जिवनयापन गरीरहेको पनि विज्ञप्तिमा उललेख छ ।

वस्तीले बैंकको नारायणघाट शाखा कार्यालयबाट बैंकिङ्ग कारोबार गर्दै आईरहेका छन । बैंकको बाग्मती प्रदेश अन्र्तगत नारायणघाट प्रादेशिक कार्यालयका प्रमुख दिपक लम्सालले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक वस्तीलाई हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया