पछिल्लो २४ घण्टामा थप १३४३ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार ३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार १११ जना कोरोाना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको छ। त्यस्तै पछिल्ले २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको निधन भएको छ। योसँगै संक्रमणका कारण निधन हुनेको संख्या १ हजार ५५१ पुगेको छ।

प्रतिक्रिया