महालक्ष्मी बैंकको भिसा कन्ट्याक्टलेस कार्ड

काठमाडौं । महालक्ष्मी विकास बैंकले भिसा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा ल्याएको छ । भिसा कन्ट्याक्टलेस कार्ड नियर फिल्ड कम्पयुनिकेसनमा आधारित प्रविधि हो । जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले पोस्ट टर्मिनलबाट रकम भुक्तानी गर्न सकिन्छ ।

बैंकले भिसा कन्टयाक्टलेस कार्ड सुविधा सञ्चालनमा ल्याउने विकास बैंकहरू मध्ये प्रथम बैंक हो । यस कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले नयाँ प्रविधिको सुरुआत गरी आफ्ना ग्राहकहरूलाई आधुनिक बैंकिङ अनुभव दिन खोजेको पनि विज्ञप्तिमा उल्लेख छ । देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानमा १ सय ३ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको बैंकमा ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।

प्रतिक्रिया