इङ्ल्यान्डद्धारा दक्षिण अफ्रिका क्लिन स्विप

लण्डन । घरेलु टोली इङ्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्धको टि–ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । यसअघिका दुई खेलमा सहज जित निकालेको इङ्ल्यान्डले अन्तिम खेलमा पनि जित निकाल्न सफल भएको छ ।  सिरिज अन्तर्गत मंगलबार राति भएको अन्तिम तथा तेस्रो खेलमा दक्षिण अफ्रिकालाई नौं विकेटले पराजित गर्दै घरेलु टोलीले सिरिज ३–० ले जितेको हो । न्युल्यान्ड क्रिकेट मैदानमा दक्षिण अफ्रिकाले जितका लागि दिएको १९२ रनको लक्ष्य इङ्ल्यान्डले १७ ओभर ४ बलमा मात्र एक विकेट गुमाएर १९२ रन बनाउन सफल भयो ।

इङ्ल्यान्डका लागि डेविड मलानले नट आउट ९९ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ११ चौका र ५ छक्काको सहयोगमा ९९ रनको योगदान गरे । त्यस्तै जोस बट्लरले पनि नट आउट अर्धशतकीय पारी खेले ४६ बल खेलेका उनले ३ चौका र ५ छक्काको सहयोगमा ६७ रन बनाउन सफल भए । बलिङतर्फ आरिच नोर्टेजले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ३ विकेट गुमाएर १९१ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले अविजित रहदै ७४ रनको अर्धशतकीय पारी खेले । पाहुना टोलीका लागि फाप डु प्लेसिसले अविजित ५२ रनको अर्धशतकीय पारी खेले । बलिङतर्फ इङ्ल्यान्डका लागि बेन स्टोक्सले दुई विकेट लिए । त्यस्तै क्रिस जोर्डनले एक विकेट लिए । टि–ट्वान्टी सिरिजमा डेविड मलान प्लेअर अफ दी सिरिज चुनिए ।

प्रतिक्रिया