कुलबहादुर बने अन्तर्राष्ट्रिय रेफ्री

काठमाडौं । अन्तर्राष्ट्रिय भलिबल रेफ्री क्यान्डिडेट कुल बहादुर राना अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा भएका छन् । फेडेरेसन अफ इन्टरनेसनल भलिबल (एफआइभीबी) ले राना अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा भएको जानकारी पत्र पठाएको नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी गराए ।

यस्तै चन्द्र बदना राई पनि अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा हुने प्रक्रियामा रहेको संघले जनाएको छ । राई पनि बढुवा भएको अवस्थामा नेपालबाट तीन जना अन्तर्राष्ट्रिय भलिबल रेफ्री हुने महासचिव चन्दले बताए । धेरै राष्ट्रमा अन्तर्राष्ट्रिय रेफ्री नरहेको अवस्थामा नेपालले अन्तर्राष्ट्रिय रेफ्री उत्पादन गर्नु ऐतिहासिक कुरा रहेको उनले थपे ।

राना गौतम लासिवा पछि एफआइभीबीबाट आधिकारिक अन्तर्राष्ट्रिय भलिबल रेफ्री बन्ने दोस्रो रेफ्री बनेका छन् । एफआइभीबीको बोर्ड प्रशासनले नोभेम्वरको सुरुवातमै रानालाई अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा गरेको उल्लेख गरेको छ । रानाले सन् २०१४ मा जापानमा भएको एसियन सिनियर वुमन्स भलिबल च्याम्पियनसिपमा म्याच खेलाउनुको साथै कोर्स गर्दा चन्द्रबदनाले श्रीलंकामा एसियन च्यालेन्ज कपमा म्याच खेलाउनुको साथै कोर्स गरेकी थिइन् ।

बढुवाका लागि एसियन गेम्स वा एसियन च्याम्पियनसिप अथवा एभीसीको आधिकारिक खेलहरु कम्तीमा पनि दुई खेल खेलाउनुपर्ने प्रावधान छ । अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेटको अवधि ५ वर्षसम्म हुने ५ वर्षभित्र अन्तर्राष्ट्रिय खेल खेलाएर अन्तर्राष्ट्रिय रेफ्री बनिसक्नुपर्ने नभए खारेज हुने छ । नेपालमा पुर्ण प्रसाद गौतम, बिकास गुरुङ, टहल सिंह थापा र विजयी केसी गरी चार जना एसियन रेफ्री क्यान्डिडेट रहेका छन् । उनीहरुले अन्तर्राष्ट्रिय खेललाई रिफरिङ गर्न पाउने छन् तर, उनीहरु एसियन रेफ्री हुन् ।

एसियन रेफ्री क्यान्डिडेटको लागि एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले पहिले अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेटको कोर्स गर्ने गरेको र अहिले एफआइभीबीले अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेटलाई पोस्टपोन्ड गर्दै एसियन रेफ्री क्यान्डिडेटलाई ओपन गरेको छ । त्यसअनुसार संघलाई २ वटासम्म कोटा दिनेछन् ।

प्रतिक्रिया