अर्थबजार

सुनको मूल्य प्रतितोला ७०० ले घट्यो

सौर्य अनलाइन २०७७ मंसिर १५ गते १३:०९ मा प्रकाशित

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ । यही मङ्सिर १ गतेदेखि लगातार ओरालो लागेको सुन आजसम्म आइपुग्दा रु पाँच हजार १०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाला सुन आज प्रतितोला रु ९० हजारमा कारोवार भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु ९० हजार ७०० मा कारोवार भएको थियो । यस्तै, तेजाबी सुन आज प्रतितोला रु ८९ हजार ५५० मा कारोवार भएको छ । आइतबार प्रतितोला रु ९० हजार २०० मा कारोवार भएको थियो ।

आइतबारको तुलनामा तेजाबी सुन प्रतितोला रु ६५० ले घटेको हो । यस्तै चाँदीसमेत आज प्रतितोला रु ३० ले घटेको छ । आइतबार प्रतितोला रु एक हजार १५० मा कारोवार भएको चाँदी आज प्रतितोला रु एक हजार १२० मा खरीदबिक्री भएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय