एन आई सी एशियाका सञ्चालक संघई एशोसिएट उपाध्यक्षमा निर्वाचित

काठमाडौ । एन आई सी एशिया बैंकका सञ्चालक तथा प्रतिष्ठित उद्योगी व्यवसायी रामचन्द्र संघई औद्योगिक घरानाको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्ष पदमा निर्वाचित भएका छन । यस सुखद अवसरमा समस्त बैंक परिवारले उनलाई हार्दिक बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेको छ ।

विगत ३० वर्ष देखि विभिन्न उद्योग व्यवसायमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पु¥याउदै आएका उनी त्रिवेणी ग्रुपको निर्देशक पनि हुन । उद्योगी व्यवसायीको रुपमा मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याए वापत गत वर्ष नेपाल सरकारले उनलाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ सम्मानबाट विभूषित गरेको पनि बैकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया