लोपोन्मुख भामजातीको सुन्दर गाउँ भामवाडा

कर्णाली प्रदेशका १० जिल्ला मध्येको एक जिल्ला हो मुगु । मुगु जिल्लामा एक नगरपालिका तीन गाउँपालिका तथा ४५ वटा वडा छन् । मुगु जिल्लामा विभिन्न जातजातिको बसोवास रहेको छ । खासगरी क्षत्री, ठकुरी, दलित, लामा समुदायको बसोवासका साथै लोपोन्मुख भावजातिका मानिस पनि यहाँ छन् । जिल्लाको छायानाथ रारा नगरपालिका–४ भामवाडा गाउँमा सम्भवतः विश्वमै नभएको जात भामजातिको मानिस बस्दछन् ।

यहाँका भामजातिले यतिबेला आफ्नो पहिचान खोजिरहेका छन् । भामजाति मुगु जिल्लाको भामवाडा गाउँमा मात्रै छन् । यो जातिका मानिस नेपालमा मात्रै नभएर अन्य विश्वका कुनै पनि स्थानमा नरहेको बताइन्छ । जो सुकैलाई म भामजाति हुँुु भन्दा अनौठो लाग्ने गर्छ । भामलाई अधिकांशले बम भनेर झुक्किने गरेका छन् । भाम र बम जातमा फरक हो ।
भामजाति सुदूरपश्चिमको खप्तडबाट आएका खड्का हुन् । मुगुमा बहादुुरी गरेर काम गरी बसेकाले भामजाति भएको र भामवाडा गाउँमा बसेका बुढापाकाको कथनबाट सुनेको स्थानीय कानुन व्यवसायी जितेन्द्रकुमार भामले बताए ।

उनी भन्छन्, ‘अहिले विश्वमा भाम जाति भन्ने छैन । तर भामजाती भामवाडामा मात्रै छन् । यो जात कहाँबाट कसरी मुगुको भामवाडा गाउँमा आए । उनीहरू यहाँ कहिले आए भन्ने जान्न बुभ्mन खोज्दा आपूmले सुदूरपश्चिमको खप्तडबाट मुगु आएका र मुगुमा राँगा, भैँसीका खुट्टा काट्नेदेखि बोक्ने र अन्य बहादुरी काम गरेकाले भाम पद पाएका र त्यही पदबाट भाम जाति रहेको आपूmले सुनेको कानुन व्यवसायी भामले बताए । तर, भाम कहिले र कति सालमा खप्तडबाट मुगु आएका हुन् भन्ने जानकारी नभएको उनले बताए ।


झट्ट हेर्दा सहरजस्तो देखिने भामवाडा गाउँ एक नमुना गाउँ पनि हो । मुगु जिल्लाकै सबैभन्दा ठूलो गाउँ फरक जातिको बसोवास रहेकाले भामवाडा गाउँ आपैmँमा नमुना छ । यस गाउँमा ४ सय २२ घरधुरी बसोवास गर्छन् भने २६ सय जनसंख्या रहेको छ । जसमा भामजातिको जनसंख्या भने लगभग १ हजारसम्म रहेको छ ।  नेपाल सरकाले १० हजारभन्दा कम जनसंख्या भएमा लोपोन्मुख जाति भन्ने गरेको छ । तर भामजाति लोपोन्मुख जातिभित्र परेको छैन । भामवाडा गाउँमा विश्वमा नभएको एक फरक जात छ । एक हजार जनसंख्या मात्रै भएको भामजात लोपोन्मुखको सूचीमा पर्नुपर्ने जानकारहरू बताउँछन् । भामजातको बारेमा अनुसन्धान हुनुपर्ने र राष्ट्रिय बहसका रूपमा नेपाल सरकाले हेरी लोपोन्मुख जातिमा सूचीकृत गर्नुपर्ने भामजातिहरूको माग रहेको छ ।

भामवाडा गाउँमा ढुंगा, माटो र काठले खाँदिएर बनेका घर छन् । टाढाबाट अथवा हवाइजहाजबाट हेर्दा पक्की सहरजस्ता देखिन्छ यो बस्ती । गाउँ हेर्दा जति राम्रो देखिन्छ, यहाँका नागरिक त्यति नै दूरदर्शी पनि छन् । भामवाडा गाउँ अझ पुराना गाउँ हेर्ने हो भन्ने अनौठो थियो । अहिले भामवाडा गाउँ दुई तल्लासम्म पुरानै मोडका घर भए पनि अन्तिम माथिलो तल्लामा जस्तापाता छाउने गर्नाले गाउँको रूप केही फेरिएको छ ।

मुगु जिल्लाको परिवेशलाई नियाल्ने हो भन्ने भामवाडा गाउँबाहेक विश्वमा भामजात छैन भन्नेछ । मुगु जिल्लाका अन्य गाउँमा फाटफुट भाम छन् । तर, सबै भामवाडा गाउँबाट गएर अन्यत्र बसेको जानकारहरू बताउँछन् ।  भामवाडा गाउँमा क्षत्री समुदायको बाहुल्यता रहेको छ । साविकको कार्कीवाडा गाविसको वडा–१, २, ३ र ४ हो । तर, अहिले संंघीय संरचनापछि एक वडा मात्र भएको छ । यस गाउँमा ऐतिहासिक धरोहर पनि छन् । जिल्लामा ढुंगाले कुँदेर बनेका थुप्रै देवल छन् । ती धरोहर मध्ये सबैभन्दा ठूलो धरोहर देवल भामवाडा गाउँमा छ । ती ऐतिहासिक धरोहर कहिले निर्माण भएका हुन् भन्ने पनि अभिलेख छैन ।

भामवाडा गाउँको दायाँ भागमा २० फिट अग्लो देवल छ त्यो मात्र पूरा देवल हो अन्य छायानाथ रारा नगरपालिकाको कार्कीवाडा, चैन रारा रोवा, खत्याड गाउँपालका, सोरु गाउँपालिकामा लगायतका ठाउँमा देवल छन् तर सबै अपूरा ।
बुढापाकाको भनाइअनुसार भीमसेन थापाका पालामा देवल निर्माण भएको जनश्रुति पाइन्छ । दैलेखबाट ढुंगा गाधामाल्याई एकै रातमा देवल बनाइएको बताइन्छ । भामवाडा गाउँमा रहेको देवल मात्र पूरा देवल भएको र अन्य ठाउँका देवल बनाउँदा बनाउँदै उज्यालो भएकाले अपूरा रहेको भन्ने जनश्रुति पाइन्छ ।

छायानाथ रारा नगरपालिका–४ का वडा अध्यक्ष विष्णुकुमार भामका अनुसार भामवाडा गाउँमा रहेको देवलमा एकतर्फ तेलको कुवा, एकतर्फ दूधको कुवा र दुईवटा पानीका धारासहितको देवल निर्माण भएको जनश्रुति चलेको छ । देवलमा जथावाभी फोहोर गर्दा सबै सुकेको बुढापाकाबाट सुनेको उनले बताए । ढुंगा र काठलाई कुँदेर बनाइएका पुराना कलात्मक शैलीका पानीका धाराहरू पनि समय क्रमसँगै हराएका छन् ।

प्रतिक्रिया