लिभरपुल ब्राइटनसँग बराबरीमा रोकियो

लण्डन । प्रिमियर लिग फुटबलमा साविकको विजेता लिभरपुल अर्को टोली ब्राइजटनसँग बराबरीमा रोकिएको छ । ब्राइजटनको घरेलु मैदानमा भएको खेलमा लिभरपुल १–१ गोलको बराबरीमा रोकिएको हो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा पास्कल ग्रसले पेनाल्टीमार्फत गोल गरेपछि ब्राइटनले लिभरपुलसँग बराबरी खेल्दै अंक खोस्न सफल भयो । यद्यपी बराबरीले लिभरपुल २१ अंकसँगै शिर्ष स्थानमा भने उक्लिएको छ । लिभरपुलको १० खेलबाट २१ अंक पुगेको छ । ९ खेलबाट टोटेनहमको २० अंक छ । पराजित ब्राइटन १० अंक जोडेर १६औं स्थानमा रहेको छ ।

खेलमा लिभरपुलको दुई गोलले भिएआरबाट मान्यता नपाउँदा खेल बराबरीमा टुगिंएको थियो । खेलको २०औं मिनेटमा पेनाल्टी चुकाउदा ब्राइटन अग्रता लिनबाट चुकेको थियो । नेको विलियम्सले आरोन कोनोलीलाइ पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा निल मौपे चुके । मौपेको प्रहार पोस्टभन्दा बाहिर जाँदा खेल गोलरहित नै रहेको थियो । ३४औं मिनेटमा रोबर्टाे फिर्मिनोको पासमा मोहम्मद सलाहले गोल गरेपनि उनको गोलले भिएआरबाट अफसाइड देखिएपछि मान्यता पाएन ।

६०औं मिनेटमा पोर्चुजिग फरवार्ड डिएगो जोटाले मोहम्मद सलाहको पासमा गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । ८४औं मिनेटमा साडियो मानेले गोल गरेपनि उनी अफसाइड ठहरिए । रोबर्टसनको फ्रिकिकमा मानेले गोल गरेपनि भिएआरमा उनी अफसाइड ठहरिए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा पास्कल ग्रसले पेनाल्टीमा गोल गर्दै लिभरपुलसँगको हार टारे । एन्ड्रिउ रोबर्टसनले पेनाल्टी बक्समा ड्यानी वेलवेकलाई फल गरेपछि भिएआरको सहयोगमा प्राप्त पेनाल्टीमा पास्कल चुकेनन् ।

प्रतिक्रिया