लोकतान्त्रिक खेलकुद संघको आह्वानमा खुला रक्तदान

कास्की । कोरोना प्रभावसँगै रगतको अभाव भइरहेको अवस्थालाई दृष्टिगत गरी नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीद्वारा आज पोखराको अमरसिंह चोकमा आयोजित खुला रक्तदानमा ९६ युनिट रगत सङ्कलन भएको छ । कोरोनाको सङ्क्रमणसँगै रक्तदान कार्यक्रममा कमी आई रगतको अभाव सृजना भइरहेका बेला रक्तदानले अस्पतालमा देखिएको अभाव कम गर्न टेवा पुग्ने विश्वास लिइएको संघका अध्यक्ष ओम बस्नेतले बर्ता ।

नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले विद्यमान जटिलतामा संघले मानवीय सेवाको काम गरेको बताउँदै उनले मुलुक महामारीमा रहेका बेला प्रजातन्त्रवादी युवाको रचनात्मक भूमिका आवश्यक पर्ने उल्लेख गरे । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले खेलकुदका माध्यमबाट युवालाई सृजनशील बनाउन सकिने बताए । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ कास्कीका अध्यक्ष ओम बस्नेत, सचिव प्रकाश बराललगायतले कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्य सुरक्षाप्रति सजग बन्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया