‘दुर्गामती’ को ट्रेलर

मुम्बई । अभिनेत्री भूमि पेडनेकर अभिनीत हरर थ्रिलर चलचित्र ‘दुर्गामती’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा भूमिले चञ्चल चौहान नामक एक आइएएस अफिसरको भूमिका निर्वाह गरेकी छन् । ३ मिनेट २० सेकेन्डको ट्रेलरलाई डरलाग्दो रुपमा प्रस्तुत गरिएको छ । यो चलचित्र दक्षिण भारतीय चलचित्र ‘भागमति’ को हिन्दी रिमेक हो । यस चलचित्रमा मुख्य भूमिका अभिनेत्री अनुष्का शेट्टीले निर्वाह गरेकी थिइन् ।

‘दुर्गामती’ को ट्रेलर रहस्य र रोमान्सपूर्ण तरिकाले देखाइएको छ । डर, बदला, धोका लगायतका विषयमा केन्द्रित रही निर्माण गरिएको यो चलचित्र बलिउड अभिनेता अक्षय कुमार प्रोडक्सनबाट बनेको हो । चलचित्रको ट्रेलर अक्षयले आफ्नो सामाजिक सञ्जालमार्फत् शेयर गरेका छन् । चलचित्रको कथा तथा निर्देशन अशोकको रहेको छ । ११ डिसेम्बरको अमेजन प्राइममा रिलिज हुने यो चलचित्रमा माही गिल, जिशु सेनगुप्ता, करण कपाडिया र अरशद वारसीको समेत प्रमुख भूमिका रहेको छ ।

प्रतिक्रिया