उत्प्रेरक बक्ता सन्तोष लामाको ‘सफलताको व्लुप्रिन्ट’ सार्वजनिक

काठमाडौं । विगत लामो समयदेखि उत्प्रेरक बक्ताको रुपमा चिनिएका सन्तोष लामाले पहिलो कृतिको रुपमा सफलताको व्लुप्रिन्ट पुस्तक बजारमा ल्याएका छन । काठमाडौंमा आयोजित एक कार्यक्रका बीच उक्त पुस्ताक नेपाली कांग्रेसका नेता तथा सांसद बहादुरसिंह लामा, उत्प्रेरक बक्ता तथा समाजसेवी र सन्तोष लामा पिताले विमोचन गरे । कार्यक्रममा ९० घण्टा २ मिनेट बोलेर बिश्व किर्तिमानी राख्न सफल अनन्तराम केसी, मोटिभेसनल एण्ड कर्पोरेट ट्रेनर सुदिप बस्नेत तथा रोटरी क्लव अफ गोंगबुका निवर्तमान अध्यक्ष महेश बस्नेत, जलजला गाँउपालिका पर्वतका अध्यक्ष यमबहादुर मल्ल, सर्जक भिम कुसारी लगायको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै सांसद बहादुरसिंह लामाले पुस्तक सबैको लागि उपयोगी भएको र आफ्नो जिवनमा मेल खाएको बताए । उनले भने, ‘आफूले भोगेको कुरा समेटिएको यो पुस्तक अध्ययन गर्न म सवैलाई अनुरोध गर्दछु ।’ उत्प्रेरक वक्ता तथा पुस्तकका लेखक सन्तोष लामाले आफुले जिन्दगीमा भोगेका कथा ब्यथाहरु समेट्नुका साथै करिव ६ सय वटा पुस्तक अध्ययन गरेर ‘सफलताको व्लुप्रिन्ट’ नामक पुस्तक प्रकाशन गरेको बताए । साथै उनले यस पुस्तक सुरु देखी अन्त्य सम्म श्रृखलाबद्ध अध्ययन गरेपछि सफलता कसरी पाउन सकिन्छ भन्ने शुत्र पत्ता लगाएर सफलताको लागि आफै योजना निर्माण गर्न सकिने पनि बताए ।

प्रतिक्रिया